काठमाण्डु – नेपाल रेडक्रस सोसाइटीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सात थान भेन्टिलेटर हस्तान्तरण गरेको छ ।
रेडक्रसका कार्यबाहक अध्यक्ष शर्मिला कार्कीले बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई भेन्टिलेटर हस्तन्तरण गरेकी हुन् ।
उक्त भेन्टिलेटरले कोरोना संक्रमितको उपचारमा सहयोग पुग्ने रेडक्रसले जनाएको छ । त्यस्तै स्वास्थ्यमनत्री ढकालले भेन्टिलेटर उपलब्ध गराएकोमा रेडक्रसलाई धन्यवाद दिएका छन् ।




प्रतिक्रिया