नेपाल प्रहरीमा एक एआईजी र पाँच जना डीआईजीको संख्या थप गर्ने सरकारको निर्णय

नेपाल प्रहरीमा एक एआईजी र पाँच जना डीआईजीको संख्या थप गर्ने सरकारको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले नेपाल प्रहरीका एक जना अतिरिक्त महानिरीक्षक (एआईजी) र पाँच जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को दरबन्दी थप गरेको छ ।

गृह मन्त्रालयले एक जना एआईजी र पाँच डिआईजीको दरबन्दी थप गर्ने निर्णय गरेको हो । यसअघिको मन्त्रिपरिषद्को बैठकले दरबन्दी थप गर्ने निर्णय गरेको थियो ।

हाल दरबन्दी थप भएसँगै एआईजीको संख्या चार पुगेको छ भने डीआईजीको संख्या १९ पुगेको छ ।

सरकारले डीआईजी विश्वराज पोखरेललाई एआईजीमा बढुवा गर्ने तयारी गरेको छ ।