काठमाडौँमा दुई वर्षभित्रमा मोनोरेल निर्माणका लागि चिनियाँ कम्पनीको प्रस्ताव


काठमाडौँ – काठमाडौँ महानगरापालिमा मोनोरेल (सडकमाथि गुड्ने रेल) निर्माण गर्नका लािग चिनियाँ कम्पनीले प्रस्ताव पेश गरेको छ । चिनियाँ कम्पनी सीआरसीसीले काठमाडौँं उपत्यकाको चक्रपथमा दुई वर्षभित्रमा मोनोरेल निर्माण गरिसक्ने गरी प्रस्ताव ल्याएको कामपा सार्वजनिक निजी साझेदारी इकाइका प्रमुख महेश काफ्लेले जानकारी दिए ।

‘चक्रपथको २८ किलोमिटर सडकमा दुई वर्षभित्रमा मोनोरेल गुडाउने योजनासहित सीआरसीसीले पेस गरेको प्रस्तावमाथि कामपाका प्रमुख विद्यासुन्दर शाक्यसँग छलफल भइरहेको छ ।’ उनले भने ।

उक्त योजनाको विस्तृत सम्भाव्यता अध्ययन गर्न माग प्रस्तावमा गरिएको छ । मोनोरेल सञ्चालनका लागि दुई लेनको ट्र्याक र आठ वटा पुल बन्ने प्रस्ताव गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement