काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता गोकुल बास्कोटाले पार्टीका दोस्रो पुस्ताका नेताको परीक्षण समयले मागेको बताएका छन् ।
शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत नेता बास्कोटाले दुई अध्यक्षबीचको विवादका कारण पार्टी एकताको रक्षाका लागि समयले दोस्रो तहका नेताहरुको नेतृत्वदायी भूमिका खोजेको बताएका हुन् ।
पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिने नेता बास्कोटाले दोस्रो पुस्ताका नेताको भूमिकामाथि प्रश्न उठाएका छन् ।
उनले दोस्रो पुस्ताका केही नेताहरुको नामै लिएर गुटगत निकटताको पहिचान बोकेर बिभाजित टुकडीको कम्पनी कमान्डरमा बन्ने कि सिंगो पार्टीको नेतृत्व गर्ने भन्दै प्रश्न गरेका छन् ।
‘नेकपाको दोस्रो पुस्ता (शंकर,जनार्दन,प्रदीप,टोपबहादुर,योगेश,सुरेन्द्र,बिष्णुहरुले) निकटताको पहिचान बोकेर बिभाजित टुकडीको कम्पनी कमाण्डरमा चित्त बुझाउनेकी विशाल पार्टीमा सार्थक सैद्धान्तिक, बैचारिक, सांगठनिक हस्तक्षेपद्वारा एकिकृत पार्टीको नेतृत्व गर्ने ? अब समयले परिक्षण माग्यो’, उनले भनेका छन् ।




प्रतिक्रिया