चीनको चिलिन, क्वीचो, यूनानका लागि नयाँ नेतृत्व छनोट

चीनको चिलिन, क्वीचो, यूनानका लागि नयाँ नेतृत्व छनोट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेइजिङ-  चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) ले चिलिन, हुनान, क्वीचो र यूनानको राजनीतिक नेतृत्वलाई परिवर्तन गरेको पार्टीले शुक्रबार सार्वजनिक गरेको एक निर्णयमा बताइएको छ ।

सीपीसीले चिलिनमा बायनकोलुको स्थानमा चिङ चुन्हाईलाई ल्याएको छ भने बायानकोलुलाई चिलिनको प्रान्तिय समिति र स्थायी समितिबाट समेत हटाएको छ ।

त्यसैगरी सु डाझेले यस पहिले हुनान प्रान्तीय समितिका सचिवसमेत रहेका डु चिआहोको स्थानमा नेतृत्वको जिम्मेवारी पाउनुभएको छ । डु पनि हुनानको प्रान्तीय समितिको सदस्य नरहने गरी सीपीसीको निर्णय आएको छ ।

शेन यिछिनले क्वीचोको प्रान्तीय समितिको सचिवबाट हटाएर सुन शिकाङ्लाई नेतृत्वमा छनोट गरिएको छ । उहाँलाई पनि प्रान्तको समिति तथा स्थायी समिति सदस्य नरहनेगरी नयाँ जिम्मेवारी तोकिएको छ ।

सीपीसी चेन हाओले सम्हाल्दै आएको यूनान पार्टी प्रमुखको जिम्मेवारी रुवान चङ्फाले पाउनुभएको छ भने चेनलाई प्रान्तीय प्रमुख तथा स्थायी समिति सदस्यबाट हटाइएको छ ।

रासस