उदाउँदो सूर्यलाई अर्घ दिएपछि सकियो छठ पर्व

उदाउँदो सूर्यलाई अर्घ दिएपछि सकियो छठ पर्व

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – उदाउँदो सूर्यलाई अर्घ दिएर शनिबार छट पर्व समापन भएको छ। मूल विधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजाअर्चना गरी छठको समापन गरिएको छ।

 देशका विभिन्न ठाउँमा झैं काठमाण्डु उपत्यकाभित्र पनि बागमती नदी किनारामा छठको चौथो दिन सूर्यलाई अर्घ दिएर छठको समापन गरिएको हाे।

व्रतालुहरूले आज पोखरीमा दुवै हत्केलामा पिठार र सिन्दूर लगाई अक्षता, फूल लिई आफ्नो खेतबारीमा उपादन भएका सामग्री र घरमा बनाइएको विशेष प्रकारको पकवान सूर्यलाई अर्घ्य अर्पण गरेका थिए।

अर्धमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेँडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सूप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने चलन रहेको छ ।