नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या १३०५ पुग्यो


काठमाण्डु –  नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १३०५ पुगेको छ। यस्तै पछिल्लो २४ घण्टमा थप ७ जनाको मृत्यु भएसँगै मृतकको संख्या १३०५ पुगेको हाे।

पछिल्लो २४ घण्टामा देशभर ६६१ पुरुष र १०१३ महिलासहित १६७४ जनामा संक्रमण पुष्टि भएको छ भने डिस्चार्ज हुनेको संख्या २३२३ रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कुल संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर मात्र २४ हजार ९ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो समय सक्रिय संक्रमितको संख्या घट्दै गएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement