चितवनमा सुरेन्द्र पाण्डेमाथि भएको घटना सुनियोजितः झलनाथ खनाल

चितवनमा सुरेन्द्र पाण्डेमाथि भएको घटना सुनियोजितः झलनाथ खनाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि चितवनमा सुनियोजित घटना भएको बताएका छन् ।

शनिबार चितवनमा भएको एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका कार्यकर्ताहरुले नाराबाजी गरेका थिए ।

पूर्वअर्थमन्त्रीसमेत रहेका पाण्डे विकास आयोजनाहरूको अनुगमन गर्न र पार्टीका विभिन्न कार्यक्रममा सहभागी हुन गृह जिल्ला चितवन पुगेका थिए । उनी शनिबार राप्ती नगरको पार्टीको बैठकमा सहभागी भई मन्तव्य राखिरहेका बेला नेकपाकै कार्यकतारुहले नाराबाजी गरेका थिए ।

‘कार्यक्रममा आफ्ना भनाइहरु राखिरहेको अवस्थामा अनाधिकृत रूपमा प्रवेश गरेका केही अराजक व्यक्तिहरूले गरेको अभद्र व्यवहार तथा नाराबाजी अत्यन्तै निन्दनीय छ’, उनले भनेका छन्, ‘यस्तो गैह्र जिम्मेवारपुर्ण घटनाको घोर निन्दा तथा भर्त्सना गर्दछु । कम्युनिस्ट पार्टीको नैतिक मूल्य, आचरण तथा आदर्श विपरीत यस्तो आपत्तिजनक कार्यमा संलग्न व्यक्तिलाई तत्काल कडा भन्दा कडा कारबाही गर्न सम्बन्धित पार्टी कमिटीको ध्यानाकर्षणसमेत गराउँछु ।’

नेता खनालले पार्टीमा आन्तरिक विवाद उत्कर्शमा पुगेको र त्यसको सही समाधान गर्न उपायहरु खोजी भइरहेको परिस्थितिमा घट्ने यस्ता घटनाहरुले स्थितिलाई झन उत्तेजित बनाउनेतर्फ सचेत रहन सम्पुर्ण नेता कार्यकर्तालाई अनुरोध गरेका छन् ।