महात्मा गान्धीको घडी १७ लाख ६० हजारमा लिलामी
काठमाण्डु – महात्मा गान्धीको घडी १२ हजार पाउण्डमा बिक्री गरिएको छ । ब्रिटेनको ब्रिस्टल शहरमा उनकाे घडी लिलामीमा राखिएकाे हो । यो रकम नेपाली मुद्रामा करिब १७ लाख ६० हजार रुपैयाँ रहेको छ ।
१९४४ मा गान्धीलाई चाँदीको पोलिश रहेकाे स्विस घडी उपहार स्वरूप दिइएको थियो ।
लिलामी एजेन्सी ‘ईस्ट ब्रिस्टल लिलामी’ ले यो घडी करीव १० हजार डलर सम्म कबोल गरेको थियो । तर, मूल्य शुक्रवारको लिलामीमा अपेक्षा गरेभन्दा बढीमा विक्री भएको छ ।
घडी बेच्ने पूर्वी ब्रिस्टल लिलामीका एन्ड्र्यू स्टोले उक्त घडी अमेरिकामा आधारित कलेक्टरले किनेको जानकारी दिए । यसभन्दा अघि उनले २ लाख ६० हजार डलरमा एउटा चस्मा बेचेका थिए । महात्मा गान्धीले लगाएको मानिन्छ । भनिन्छ गान्धीलाई उनका काकाले दक्षिण अफ्रिकामा काम गर्दा उक्त चश्मा दिएका थिए ।