मंसिर १५ गते ३ सय ९४ वटा स्थानीय तहमा अस्पताल शिलान्यास गर्ने सरकारको तयारी

मंसिर १५ गते ३ सय ९४ वटा स्थानीय तहमा अस्पताल शिलान्यास गर्ने सरकारको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले ३ सय ९४ वटा स्थानीय तहमा अस्पताल शिलान्यास गर्ने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै नागरिकलाई स्वास्थ्य उपचार सेवा दिने उदेश्यले मंसिर १५ गते ३ सय ९४ वटा अस्पतालहरुको उद्घाटन गर्ने तयारी गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार ६ सय ४९ वटा स्थानीय तहमध्ये ३ सय ९४ वटा स्थानीय तहमा १५ शय्याको अस्पताल निर्माण कार्य सुरु गर्न लागिएको छ ।

गत कात्तिक ३ गते स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र अर्थमन्त्री विष्णु पौडेलबीच भएको बैठकले स्वास्थ्य सेवाबाट बञ्चित नागरिकलाई उपचार दिने उदेश्यले ३ सय ९४ वटा अस्पताल निर्माण गर्ने सहमति भएको थियो ।