अमेरिका–चीन विवादः ६० वर्षमा पहिलोपटक तीब्बती नेता ह्वाइट हाउस पुगे

अमेरिका–चीन विवादः ६० वर्षमा पहिलोपटक तीब्बती नेता ह्वाइट हाउस पुगे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – चीन–अमेरिकाबीच विवाद भइरहेका बेला तीब्बती एक नेता अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस पुगेका छन् ।

चीन र अमेरिकाबीच व्यापार, प्रविधि लगायत विभिन्न विषयमा विवाद जारी भइरहेका बेला तिब्बतका निर्वाचित सरकारका प्रमुख डाक्टर लोबसांग सांगे ६० वर्षमा पहिलोपटक अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउस पुगेका हुन् ।

टाइम्स अफ इन्डियाका अनुसार नेता सांगेले शुक्रबार ह्वाइट हाउसमा तिब्बत मामिलाका नवनियुक्त समन्वयक रोबर्ट डेस्ट्रोसँग भेटघाट गरेका थिए ।

सांगे तिब्बतका निर्वाचित सरकारको तर्फबाट ६ दशकमा पहिलोपटक अमेरिकाको औपचारिक भ्रमण गर्ने पहिलो नेता हुन् । सांगेको अमेरिका भ्रमणले चीन र अमेरिकाबीचको सम्बन्ध थप चिसिने अनुमान गरिएको छ ।