‘विप्लव’ समूहका कम्पनी सेक्सन कमाण्डर पक्राउ

‘विप्लव’ समूहका कम्पनी सेक्सन कमाण्डर पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर – प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका कम्पनी सेक्सन कमाण्डर पक्राउ परेका छन् ।

ताप्लेजुङको फक्ताङ्लुङ् गाउँपालिका–२ का ३२ वर्षीय पेम्बा साङ्गो शेर्पालाई मोरङ प्रहरीले शनिबार राति उर्लाबारी–६ तरुण चोकबाट बाट पक्राउ गरेको हो ।

पक्राउ परेका शेर्पाको साथबाट एउटा पेस्तोल, म्यागजिन, तीन राउण्ड गोली, पार्टीको पर्चा, पम्प्लेट लडाकुका लागि आवश्यक पर्ने बन्दोबस्तीका सामान बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङ प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए ।

शेर्पा ‘विप्लव’ समूहको ४ नम्बर कम्पनीका सेक्सन कमान्डर रहेका थिए उनले मोरङको मिक्लाजुङ गाउँपालिका क्षेत्रमा बसेर गतिविधी सञ्चालन गर्दै आएका थिए ।