प्रधानमन्त्री ओलीले चार वटै सुरक्षा निकायका प्रमुखसँग गरे छलफल

प्रधानमन्त्री ओलीले चार वटै सुरक्षा निकायका प्रमुखसँग गरे छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले चार वटै सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेका छन् । आइतबार दिउँसो प्रधानमन्त्री अ‍ोलीले चार वटै सुरक्षा निकायका प्रमुखलाई बालुवाटारमा बोलाएर छलफल गरेका हुन् ।

उनले नेपाल प्रहरीका आईजीपी शैलेश थापा क्षेत्री, नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, शसस्त्र प्रहरीका आईजीपी शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलाई बोलाएर देशको पछिल्लो सुरक्षा व्यवस्थाबारे छलफल गरेका छन् ।

नेकपाभित्र विवाद बढिरहेका बेला प्रधानमन्त्री अ‍ोलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग सत्ता समिकरणको प्रस्ताव गरेसँगै सुरक्षा निकायका प्रमुखलाई बोलाएर छलफल गर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।