विदेशबाट नेपाल आउनेले १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने

विदेशबाट नेपाल आउनेले १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विदेशबाट नेपाल आउने व्यक्तिले अब अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले स्थलमार्ग वा हवाइमार्गबाट नेपाल आउने सबैले अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने जानकारी दिए । प्रवक्ता डा. गौतमले भने, ‘नेपाल आउनेलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा राख्न कोरोना संकट व्यवस्थापन केन्द्रलाई पत्राचार गरिसकेका छौं ।’

क्वारेन्टाइन बसाइको क्रममा लक्षण देखिएका व्यक्तिको मात्र परीक्षण गरिने उनले बताए । सरकारले यसअघि पनि विदेशबाट नेपाल आउने व्यक्तिलाई १४ दिन क्वारेन्टाइनमा राख्ने गरेकोमा पछिल्लो समय यसको कार्यान्वयन भएको थिएन ।

तर अहिले संक्रमणको जोखिम फेरि बढ्दै गएकाले सरकारले विदेशबाट आउने व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने नीतिलाई कडाइ गर्न लागेको हो ।