खुमलटारमा नेकपा अध्यक्ष प्रचण्डसँग चिनियाँ राजदूतको भेटवार्ता

खुमलटारमा नेकपा अध्यक्ष प्रचण्डसँग चिनियाँ राजदूतको भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकी छन् ।

सोमबार बिहान राजदूत यान्छीले खुमलटार पुगेर अध्यक्ष प्रचण्डसँग पछिल्लो समय नेकपाभित्र चर्किएको विवादबारे चासो व्यक्त गरेको स्रोतले जानकारी दियो । जवाफमा अध्यक्ष प्रचण्डले पार्टीभित्रको विवाद चाँडै हल हुने बताएका थिए ।

यसअघि राजदूत यान्छीले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेकी थिइन् । पछिल्लो समय नेकपाको विवाद उत्कर्षमा पुगेका बेला चिनियाँ राजदूतको राजनीतिक भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।