स्थिर र जनमुखी सरकार आजको आवश्यक्ताः पूर्वगृहमन्त्री बस्नेत

स्थिर र जनमुखी सरकार आजको आवश्यक्ताः पूर्वगृहमन्त्री बस्नेत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जाजरकोट– नेकपा (माओवादी) केन्द्रका नेता एवं पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतले स्थिर र जनमुखी सरकार आजको आवश्यकता रहेको बताएका छन्।

 

 

बिहीबार खलंगामा वामगठबन्धनकोसंयुक्त ¥यालीको कोणसभालाई सम्बोधन गर्दै पूर्वगृहमन्त्री बस्नेतले नेपाली राजनीतिको बदलिदो घटनाक्रमसँगै ९÷९ महिनामा फेरबदल हुने सरकारको विषम परिस्थितिले देशको विकास र उन्नयनको मार्ग साँघुरो बन्दै गइरहेको बताए।

 

बस्नेतले स्थिर र जनमुखी सरकार आजको आवश्यक्ता भएको बताए।

 

 

र्यालीलाई सम्बोधन गर्दै पूर्वगृहमन्त्री बस्नेतले भने, ‘बलियो र स्थिर सरकार निर्माणका लागि वामपन्थीहरु गोलबद्ध भएर अगाडि बढेमात्र देशको विकास अग्रतिमा बढ्ने छ।’

 

 

देशको विकास गर्नका लागि वामपन्थी मात्र नभएर लोकतन्त्रप्रति विश्वास गर्ने सबै विचार एउटै बाटोमा लामबद्ध भए देशले झनै अग्रगामी छलाङ मार्ने उनले दाबी गरे।

 

 

पूर्वगृहमन्त्री बस्नेत आगामी मंसिर १० गते प्रतिनिधिसभा निर्वाचनको वामगठबन्धनका साझा उम्मेदवार पनि हुन्।