काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज १८औं खेल हुँदैछ। त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुने खेलमा अंकतालिकाको शीर्ष स्थानमा रहेको लुम्बिनी लायन्स र चौथो स्थानको काठमाण्डु गोर्खाज आमनेसामने हुँदैछन्।
अपराजित यात्रालाई निरन्तरता दिने लक्ष्यसहित मैदान उत्रने लुम्बिनी ७ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ।
टोलीले खेलेका चारमध्ये तीन खेलमा जित निकालेको छ भने वर्षाका कारण एक खेल रद्द हुँदा अंक बाँडेको छ।
यता, काठमाडौं गोर्खाज पनि जितको लय कायम राख्दै अंकतालिकामा आफ्नो स्थिति सुधार गर्ने योजनामा छ। तीन खेल खेलेको काठमाण्डुले दुईमा जित र एकमा हार बेहोर्दै ४ अंक जोडेको छ।
आजको खेल जित्दै काठमाण्डु शीर्ष टोलीसँगको दूरी घटाउन चाहन्छ भने लुम्बिनी आफ्नो अपराजित यात्रालाई कायम राख्ने लक्ष्यमा हुनेछ।


प्रतिक्रिया