काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली ताप्लेजुङ प्रस्थान गरेका छन् ।
चीनको तिब्बत र नेपालको सीमा क्षेत्र निरीक्षण तथा फक्ताङ्लुङको घुन्सामा निर्माण गरिएको सामुदायिक स्वास्थ्य एकाइ कार्यालयको उद्घाटनका लागि प्रधानमन्त्री ओली सोमबार बिहान ताप्लेजुङतर्फ प्रस्थान गरेका हुन् ।
घुन्सापछि प्रधानमन्त्री ओलीको टोली ओलाचुङ्गोला हुँदै इलाम पुग्ने कार्यक्रम छ । उनले इलामको सन्दकपुरमा निर्मित सशस्त्र प्रहरीको बीओपी निरीक्षण गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
प्रधानमन्त्री ओलीसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङ, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई र प्रदेश–१ का मुख्यमन्त्री शेरधन राई पनि छन् ।




प्रतिक्रिया