इलाम – कोरोना भाइरस संक्रमणबाट ईलामका एक युवकको मृत्यु भएको छ ।
फोक्सोसम्बन्धी दीर्घ रोगी रहेका इलाम–१ का २५ वर्षिय युवकको आइतबार राति धरान बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । उनलाई गत ५ गते कोरोना संक्रमण पुष्टि भई अस्पताल भर्ना गरिएको थियो ।
त्यस्तै, प्रतिष्ठानमा मोरङ–८ का ६७ वर्षीय पुरुषको पनि आज विहान उपचारको क्रममा मृत्यु भएको छ । डाइबिटिजको समस्या रहेका उनलाई कार्तिक २६ गते संक्रमण पुष्टि भई गत १ गते अस्पताल भर्ना गरिएको थियो ।




प्रतिक्रिया