काठमाण्डु – मंगलबार देशका पश्चिम क्षेत्रका हिमाली र पहाडी भेगमा पश्चिमी वायुको प्रभाव देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
अहिलेको मौसम सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागहरुमा आंशिकदेखि सामान्य बदली र अन्य प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रही देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहेको छ।
आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशको भूभागमा सामान्यदेखि आंशिक बदली रही वाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहनेछ।
भने, सुदूरपश्चिम, कर्णाली र गण्डकीको हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। यस्तै, सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागमा सामान्य बदली र तराइ भूभागमा आंशिक बदली रही वाँकी प्रदेशका पहाडी भूभागमा समेत आंशिक बदली रहनेछ ।देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहनेछ।




प्रतिक्रिया