बेवारिसे शव जलाउने सपना बनिन् बीबीसीको प्रभावशाली महिला

बेवारिसे शव जलाउने सपना बनिन् बीबीसीको प्रभावशाली महिला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – म्याग्दीकी १८ वर्षीया सपना रोका मगर ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी)को प्रभावशाली महिलाको सूचिमा परेकी छन् ।

बेवारिसे शव व्यवस्थापन गर्दै आएकी सपना बीबीसीले सार्वजनिक गरेको २०२० का प्रभावशाली महिलाको सूचिमा पर्न सफल भएकी हुन् ।सपनाले तीन दर्जन भन्दा बढी बेवारिसे शव जलाइसकेकी छन् ।

यो सूचिमा फिनल्याण्डकी प्रधानमन्त्री, अक्सफोर्ड विश्वविश्वद्यालयले बनाइरहेको नोवेल कोरोना भाइरस (कोभिड–१९) विरुद्धको भ्याक्सिनको नेतृत्व गरेकी सारा गिल्बर्ट लगायत छन् ।