काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत कात्तिक २८ गते सचिवालयमा पेश गरेको राजनीतिक प्रस्तावबारे सचिवालयले स्पष्टिकरण दिएको छ ।
मंगलबार सामाजिक सञ्जालमार्फत अध्यक्ष प्रचण्डको सचिवालयले २८ गते सचिवालय बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा न्यायपालिकाको मर्यादा र गरिमामाथि प्रहार नगरिएको स्पष्ट पारेको छ । अध्यक्ष प्रचण्डले उक्त प्रस्तावमा स्वतन्त्र न्यायपालिका र प्रधानमन्त्री केपी शर्मा अोलीसँग कुनै सम्बन्ध नरहेको स्पष्ट पारेको सचिवालयले जनाएको हो ।
‘यही कार्तिक २८ गते हाम्रो पार्टीको सचिवालय बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा न्यायपालिकाको मर्यादा र गरिमामाथि नभई बाहिर चर्चामा आएको विषयको आधारमा प्रधानमन्त्रीको न्यायपालिका सम्बन्धी धारणाबारे स्पष्ट हुन मात्र खोजेको र स्वतन्त्र न्यायपालिका र यसका सम्माननीय प्रमुखसँग त्यसको कुनै सम्बन्ध नरहेको कुरा अध्यक्ष कमरेड प्रचण्डले स्पष्ट गर्नुभएको छ’, सचिवलायले भनेको छ ।




प्रतिक्रिया