काठमाण्डु –बिहीबार देशभर पश्चिमी वायुको प्रभाव परेकाे जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। पश्चिमी वायुको प्रभावका कारण अहिले बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूर पश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदलि र बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ ।
आज दिउँसो देशका पहाडि भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकी भूभागमा आंशिक बदली रहने माैसम विदले बताएका छन् ।
यसैगरी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा साथै प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भूभागका एक,दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। यस्तै, राति देशका पहाडि भूभागमा आंशिक देखि सामान्य बदली र बाँकी भूआंशिक बदली रहनेछ ।




प्रतिक्रिया