काठमाण्डु– भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगला आज नेपाल आउंदैछन् । दुई दिने भ्रमणका क्रममा उनि आज १० बजे काठमाण्डु अवतरण गर्नेछन् । श्रृंगला भारतीय विदेश सचिवमा नियुक्त भएपछिको यो पहिलो नेपाल भ्रमण हो ।
उनको नेपाल भ्रमणसंगै दुई देशबीच उच्चस्तरमा भइरहेको भ्रमणको आदान प्रदानकै निरन्तरता भएको परराष्ट्रमन्त्रालयले जनाएको छ ।
नेपालले उनको भ्रमणको बेला मुख्यगरी सीमा विवादलाई मुख्य प्राथमिकतामा राखेको छ । त्यसका साथै प्रवुद्ध समूह (ईपीजी) को रोकिएको रिपोर्ट, ट्रान्समिसन लाईन, आर्थिक सहयोग एवं व्यापार, उर्जालगायत विषयमा वैठकमा छलफल हुनेछ ।
उनले आजै परराष्ट्रसचिव भरतराज पौडेलसंग भेटवार्ता गर्ने कार्यक्रम छ । द्विदेशीय सचिवस्तरीय संयन्त्रको बैठक बसेपछि श्रृंगलाले प्रधानमन्त्री केपी शर्मा ओली,राष्ट्रपति विद्यादेवी भण्डारी र परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीसंग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । उनको शुक्रवार दिउंसो १ बजे स्वदेश फर्कने कार्यक्रम छ ।
नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुराको भूभाग समेटेर नयां राजनीतिक नक्सान सार्वजनिक गरेसंगै भारत र नेपालबीचको सीमा विवाद सतहमा आएको छ । आजको वैठकमा नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुराको भौगोलिक अवस्थिति र प्रमाणिक आधारमा नेपालले सार्वजनिक गरेको नयां राजनीतिक नक्साको विषयबारे पनि छलफल गर्ने तयारी छ ।
यो पनि पढ्नुहोस्-




प्रतिक्रिया