कोरोना संक्रमणबाट राष्ट्रिय योजना आयोगका तत्कालिन उपाध्यक्ष शाक्यको निधन

कोरोना संक्रमणबाट राष्ट्रिय योजना आयोगका तत्कालिन उपाध्यक्ष शाक्यको निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कोरोना भाइरस संक्रमणबाट राष्ट्रिय योजना आयोगका तत्कालिन उपाध्यक्ष डाक्टर रवीन्द्रकुमार शाक्यको निधन भएको छ । दुई दिनदेखि उपचाररत शाक्यको आज बिहान ४ बजे काठमाण्डुको मेडिसिटी अस्पतालमा निधन भएको अस्पतालले जनाएको छ ।

अर्थ मन्त्रालयको शाखा अधिकृतबाट सरकारी जागिर शुरु गरेका शाक्य शाक्य खिलराज रेग्मी अध्यक्ष रहेको सरकारको पालामा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष थिए । ललितपुर कुपण्डोल निवासी ७६ वर्षे शाक्यको श्रीमती र तीन छोरा तथा एक छोरी छन् ।