काठमाण्डु – नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । बुधबार तोलामा ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरी तेजावी सुन पनि तोलामा ९१ हजार रुपैयाँ अर्थात बुधबारकै मूल्यमा कारोबार भइरहेको छ । यस्तै आज चाँदी पनि बुधबारकै मूल्य १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।




प्रतिक्रिया