काठमाण्डु – बिहीबार सेयर बजार हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । सेयर बजार मापक नेप्से परिसूचक एक घण्टामै करिब ४० अंकले बढेर १९ सयमाथि पुगेको हो ।
बजार खुलेसँगै उकालो लागेको नेप्से परिसुचक १२ बजेर ४५ मिनेट जाँदा ३९ दशमलव १९ अंकले उकालो लागेको छ ।
यस अबधीमा सबैभन्दा धेरै बृद्धि हुनेमा बैंकिङ समूह, बिकास बैंक, हाइड्रोपावर, फाइनान्सललगायत सबै समूह उकालो लागेका छन् ।
नेप्से परिसूचक चार वर्षको अवधिमा सबैभन्दा बढी हो । आजभन्दा चार वर्षअगाडि नेप्से परिसूचक १८ सय ८१ अंकमा रहेको थियो ।




प्रतिक्रिया