भारतले नेपाली भूमि फिर्ता नगरेसम्म दुई देशबीचको सम्बन्ध सुधार हुँदैनः ग्रेटर नेपाल

भारतले नेपाली भूमि फिर्ता नगरेसम्म दुई देशबीचको सम्बन्ध सुधार हुँदैनः ग्रेटर नेपाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले भारतीय विदेश सचिव हर्षबर्धन श्रृंगलाको नेपाल भ्रमणबारे विरोध जनाएको छ ।

बिहीबार ग्रेटर नेपालका अध्यक्ष फणीन्द्र नेपालले एक विज्ञप्ति जारी गर्दै भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता नगरेसम्म दुई देशबीचको सम्बन्ध सुधार नहुने बताएका छन् ।

२०१९ नोभेम्बर २ मा लिम्पियाधुरा, कालापानी, लिपुलेक क्षेत्रको करिब चार सय वर्गकिलोमिटर नेपाली भूमि भारतले नक्सामा राखेको थियाे ।

‘उक्त सम्बन्धमा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा नेपाली जनता तपाईंको नेपाल भ्रमणप्रति अलिकति पनि उत्साहित छैनन् भन्ने स्पष्ट गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘मोर्चाले इन्डियाको संस्थापन पक्षलाई नेपालको सबभन्दा ठूलो शत्रु र इन्डियाली जनतालाई असल मित्र ठानेको छ । हामी हाम्रो ६०,००० वर्गकिलोमिटर जमिन फिर्ता नगरेसम्म इन्डियाविरुद्ध ब्यानर उठाइरहन्छौँ ।’

विदेश सचिव श्रृगला बिहीबार बिहान ११ बजे काठमाण्डु अवतरण गरेका थिए ।