एकैदिन थपिए १२ सय ५५ कोरोना संक्रमित, २५ जनाको मृत्यु

एकैदिन थपिए १२ सय ५५ कोरोना संक्रमित, २५ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप १२ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कुल संक्रमितको संख्या २ लाख ३१ हजार ९ सय ७८ पुगेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा १४ सय ४ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा २ लाख १२ हजार ५ सय ९० जना कोरोना संक्रमित निको भएका छन् ।

हालसम्म १७ लाख २७ हजार ८ सय ३६ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २५ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ सय ७९ जना पुगेका छन् ।