आफुसंग विमती राख्ने मन्त्रीलाई प्रधानमन्त्रीले पूर्वाग्रह सांध्नुभयो : उर्जामन्त्री पुन

आफुसंग विमती राख्ने मन्त्रीलाई प्रधानमन्त्रीले पूर्वाग्रह सांध्नुभयो : उर्जामन्त्री पुन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनले आफुसंग विमती राख्ने मन्त्रीहरुलाई प्रधानमन्त्रीले पूर्वाग्रह सांधेको आरोप लगाएका छन् । कान्तिपुर टेलिभिजनसंग कुरा गर्दै मन्त्री पुनले प्रधानमन्त्रीको चर्को आलोचना गरेका हुन् ।

उनले प्रधानमन्त्रीले भदौ २६ अगाडीका बैठकमा लिएका पोजिसनका आधारमा आग्रह पुर्वाग्रह साध्ने गरेको आरोप लगाए । मन्त्री पुनले भनेका छन् ‘उहांको समर्थनमा बसेका मन्त्रीहरुसंग निकटताजस्तो, पार्टीभित्रका बहसमा विमती राख्दा अलि टाढाको देखेजस्तो । अलि असहयोग गरेजस्तो देखिन्छ । कोही विमती राख्ने होलान् कोही सहमत हुने होलान । सवैलाई लिएर जाने काम पार्टी अध्यक्षको हो । ’

नेकपाका स्थायी समिति सदस्य समेत रहेका मन्त्री पुनले पार्टी अध्यक्ष वा प्रधानमन्त्रीसंग विमती राखेर पनि सरकार र पार्टीमा काम गर्न सकिन्छ भन्ने कुरा प्रधानमन्त्रीले स्थापित गर्नुपर्ने बताएका छन् ।

उनले प्रधानमन्त्री ओलीले सचिवालय वैठकमा ल्याएको राजनीतिक प्रतिवेदन कित्ताकाट गर्ने हिसावले आएको भन्दै त्यसको पनि विरोध गरेका छन् । उनले प्रचण्ड र पुर्व माओवादी र पुर्व एमालेकोबीचमा कित्ताकाट गर्ने हिसावले प्रतिवेदन आएको दावी गरे ।

‘पुर्व माओवादीमा पनि प्रचण्ड र अरु नेतालाई अलग गर्ने खालको रणनैतिक रुपले कित्ताकाट गर्ने र प्रचण्डलाई प्रहार गर्ने हिसावले प्रतिवेदन आएको छ । त्यो बेठिक छ ।’ पुनले भनेका छन् ।

ट्रान्सपेरन्सी इन्टरनेशनले हालसालै भ्रष्टाचारसम्बन्धी सार्वजनिक गरेको प्रतिवेदनबारे सोधिएको प्रश्नमा उनले यो गम्भिर विषय भएको भन्दै यसमा आफु समेत सहभागी सरकारले ध्यान दिने बताएका छन् ।

‘विगतमा भ्रष्टाचारसम्बन्धी सुचांकमा हाम्रो अवस्था सुधार हुंदै आएको थियो । यसवर्षकोमा यो बिग्रेर गयो वा त्योभन्दा तल गयौं भन्दा यो गम्भिर विषय हो । यो कुरा सरकारले ध्यान दिनुपर्छ र हामी दिन्छौ । किनभने हामिले शुसासन गरेका छौं । त्यो कुरा मुहानबाटै सुरु गर्नुपर्छ । प्रधानमन्त्री, मन्त्री र शिर्ष नेतृत्व तहबाटै सुरु गर्ने हो ।’ मन्त्री पुनले अन्र्तवार्तामा भनेका छन् ।