सरकारले थाल्यो काठमाण्डुमा ‘एन्टिजेन’ विधिबाट कोरोना परीक्षण, नतिजा आधा घण्टामै आउने

सरकारले थाल्यो काठमाण्डुमा ‘एन्टिजेन’ विधिबाट कोरोना परीक्षण, नतिजा आधा घण्टामै आउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले काठमाण्डु उपत्यकामा नयाँ विधिबाट कोरोना भाइरस परीक्षण सुरु गरेको छ ।

सरकारले तुरुन्तै नतिजा आउने तथा फिल्डमै धेरै जनाको परीक्षण गर्न सकिने विधि सुरु गरेको हो । उक्त विधिलाई एन्टिजेन जाँच भनिने इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.वासुदेव पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार, डब्लूएचओकै सहयोगमा सञ्चालन गरिएको यो निःशुल्क परीक्षण अभियान हो ।

यो एन्टिजेन विधिका लागि स्वाब नै आवश्यक पर्ने तर आधा घण्टाभित्रमै रिपोर्ट आउने उनले बताए । यो विधिका लागि ल्याब वा प्रयोगशाला नै आवश्यक नपर्ने भएकाले यो पीसीआर विधिको भन्दा विश्वसनीय रहेको डा. पाण्डेको दाबी छ । अब काठमाण्डु उपत्यकामा हरेक दिन ५ सय जनाको एन्टिजेन विधिबाट कोरोना परिक्षण गरिनेछ ।

उनका अनुसार अनामनगरलगायत काठमाण्डु महानगरपालिकाका जोखिमयुक्त स्थान गौरीघाट, चाबहिल, विशालनगर, धुम्बाराही, बत्तीसपुतली र मित्रपार्कमा एन्टिजेन परीक्षण सुरु गरिएको हो ।