काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप १४ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कुल संक्रमितको संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा १९ सय ३१ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा २ लाख १४ हजार ५ सय २१ जना कोरोना संक्रमित निको भएका छन् ।
हालसम्म १७ लाख ३७ हजार ७ सय ४७ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २९ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ सय ८ जना पुगेका छन् ।




प्रतिक्रिया