न्याय परिषद् सदस्यमा श्रेष्ठ नियुक्त

न्याय परिषद् सदस्यमा श्रेष्ठ नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम सुनसरी जिल्ला, धरान निवासी वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठलाई (प्रपनं ९२)लाई न्याय परिषद् सदस्यमा नियुक्त गरेकी छन् ।

संविधानको धारा १५३ उपधारा (१) को खण्ड ङ दफाबमोजिम सो नियुक्ति गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।