काठमाण्डु – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेकपाको जारी विवादमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मात्र दोषी देख्नु गुटगत मानसिकता भएको टिप्पणी गरेका छन् ।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य समेत रहेका पोखरेलले सामाजिक सञ्जालमार्फत ओलीलाई मात्र दोषी देखाएर राजीनामाको माग गर्नु पार्टी एकता विरोधी गुटगत मानसिकता भएको बताएका हुन् ।
उनले भनेका छन्, ‘पार्टीमा उत्पन्न समस्याका लागि कुनै एक अध्यक्षलाई मात्र जिम्मेवार देखाएर राजीनामाको माग गर्नु पार्टी एकता विरोधी गुटगत मानसिकता हो ।’ नेकपाको सचिवालय बैठक आज (मंगलबार) दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्दैछ ।
नेकपामा पछिल्लो समय दुई अध्यक्षबीच पत्रयुद्ध चलिरहेको छ ।




प्रतिक्रिया