काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ ।
दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पेश गरेका प्रतिवेदनमाथि छलफल हुने बताइएको छ ।
मंसिर १३ गते शनिबारको बैठकमा प्रधानमन्त्री ओलीले ३८ पृष्ठको लामो प्रतिवेदन सचिवालयमा पेश गरेका थिए । अर्का अध्यक्ष प्रचण्डले कात्तिक २८ गतेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीलाई विभिन्न विषयमा प्रश्न उठाउँदै १९ पृष्ठको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
आजको बैठकमा यी सबै डकुमेन्टहरुमाथि छलफल शुरु हुने भएको छ ।




प्रतिक्रिया