स्याङ्जामा एसपी बोगटीले ल्याए नयाँ अभियानः प्रहरीले हरेक दिन श्रीमतीलाई ‘आइ लभ यू’ भन्नैपर्ने

स्याङ्जामा एसपी बोगटीले ल्याए नयाँ अभियानः प्रहरीले हरेक दिन श्रीमतीलाई ‘आइ लभ यू’ भन्नैपर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नागरिकको सुरक्षाका लागि अग्र स्थानमा रहेर काम गर्ने नेपाल प्रहरीले स्यांजामा नयाँ अभियान चलाएको छ । समाज सुधारमा लागेका प्रहरीले पहिले आफ्नो घर सुधार गर्नुपर्ने र त्यसपछि समाज सुधारको पाटोतिर लम्कनुपर्ने भन्दै स्याङ्जामा नयाँ अभियान चलाएको प्रहरी प्रमुख होबिन्द्र बोगटीले जानकारी दिए ।

परिवारसँग राम्रो सम्बन्ध भएन भने मानसिक तनाब बढ्ने, दुईवटा विवाह गर्ने, जाँडरक्सी खानेजस्ता क्रियाकलाप बढ्दै जाने एसपी बोगटीको भनाई छ । बोगटीले ल्याएको नौलो अभियानमा प्रहरी कर्मचारीले प्रत्येक दिन सुत्ने बेलामा घर–परिवारसँग कम्तीमा पनि एक मिनेट फोनमा बोल्नै पर्ने र बोल्ने क्रममा ‘आई लभ यु बुढी वा छोराछोरी’ भन्नै पर्नेछ ।

परिवारसँगै हुनेले पनि साँझमा एकपटक यस्तो भन्नै पर्ने अभियान चलाइएको उनले बताए । यसो गर्नाले कम्तीमा दिनभरको थकाइमा केही राहत हुने र घर–परिवारसँगको सम्बन्ध पनि गाढा बन्दै जाने एसपी बोगटीको विश्वास छ । यति मात्रै होइन, यसरी घर–परिवारसँगको सम्बन्ध कस्तो छ, नियम पालना गरिएको छ कि छैन भनेर बेला–बेलामा प्रहरी कर्मचारीको घर–परिवारलाई फोन गरेर सोध्ने गरेको पनि उनले बताए ।

पारिवारिक सम्बन्ध राम्रो भए–नभएको दैनिक फोन गरेको–नगरेको वा बिदामा घर गएको नगएको हेर्र्ने जिम्मेवारी भने जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी राजेन्द्र अधिकारीलाई दिइएको छ । डीएसपी अधिकारीका अनुसार सो अभियानपश्चात जिल्लामा कार्यरत प्रहरी कर्मचारीको पारिवारिक सम्बन्ध राम्रो रहेको पाइएको छ ।