कीर्ते नागरिकता प्रकरणमा नगरपालिकाका कर्मचारी पक्राउ, प्रशासनका अधिकृत फरार

कीर्ते नागरिकता प्रकरणमा नगरपालिकाका कर्मचारी पक्राउ, प्रशासनका अधिकृत फरार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राजविराज– कीर्ते नागरिकता बनाउन संलग्न भएको आरोपमा प्रहरीले राजविराज नगरपालिकाका असिस्टेन्ट सव–इञ्जिनियर राजकुमार देवलाई पक्राउ गरेको छ।

सुनसरीको दुहवीमा बस्दै आएका सतिश अग्रवाललाई राजविराज ७ बाट कीर्ते नागरिकता दिइएको आरोपमा उनी पक्राउ परेका हुन्।

कीर्ते प्रकरणमा संलग्न भएको आशंकामा प्रहरीले पक्राउ सूचीमा राखेका जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत जनक कोइराला सहितका केही कर्मचारी फरार भएका छन्।

डिएसपी ध्रुवकुमार श्रेष्ठका अनुसार अग्रवालविरुद्ध जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ।

२०५२ सालमा नागरिकता लिएको देखाई २०६४ र २०७३ मा प्रतिलिपि निकालेका अग्रवालको सक्कल नागरिकताको रेकर्ड नै फेला नपरेपछि प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको थियो। प्रतिलिपि सिफारिसमा नगरपालिका कार्यालयका कर्मचारी देवको हस्ताक्षर भेटिएको छ।