सरकारको गलत कार्यशैलीका कारण राजावादी सडकमा आएः देउवा

सरकारको गलत कार्यशैलीका कारण राजावादी सडकमा आएः देउवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजावादीहरु कम्युनिष्ट सरकारका कारण सडकमा आएको बताएका छन् ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सर्वदलीय बैठकमा बोल्दै कांग्रेस सभापति देउवाले सडकमा देखिएको असन्तुष्टि सरकारविरुद्ध भएको भन्दै सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाए ।

‘सरकारको काम गर्ने गलत शैलीका कारण सडकमा असन्तुष्टि देखिएको छ’, उनले भने, ‘सरकारको गलत कार्यशैलीकै कारण व्यवस्थामा नै प्रश्न उठेको छ । लोकतान्त्रिक व्यवस्थापनको विकल्प छैन । तर, सरकारले गरेका गलत काम सच्याउनुपर्छ ।’

व्यवस्था भन्दा पनि सरकारको कामप्रति नागरिक असन्तुष्ट भएको उल्लेख गर्दै देउवाले सरकारले कार्यशैली सच्याएमा सडकमा अहिले भइरहेका प्रदर्शन आफैँ रोकिने टिप्पणी गरे ।