काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड आफै प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।
उनीहरूबीच बुधबार बिहान भेटवार्ता भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । उनीहरुबीच संवादहिनता तोड्ने प्रयास भए पनि केही निकास ननिस्किएको बताइएको छ ।
यसअघि मंसिर १६ मा पार्टी सचिवालय बैठक बस्नुअघि दुई अध्यक्षबीच बालुवाटारमै छोटो छलफल भएको थियो । तर, सो छलफल पनि अर्थपूर्ण हुन सकेको थिएन ।
त्यसैदिन बसेको सचिवलाय बैठकले ओलीको चाहनाविपरित स्थायी कमिटीको बैठक तय गरेको थियो । २० गते बसेको स्थायी कमिटी बैठकमा पार्टीको आन्तरिक समस्यामा छलफल गर्ने एजेण्डा तय गरेर २८ मंसिरसम्मलाई बैठक स्थगित गरिएको थियो र यो बीचमा अनौपचारिक छलफललाई पनि निरन्तरता दिने बताइएको थियो ।
दुई अध्यक्षबीच टकराव भएका कारण नेकपा विभाजनकै संघारमा पुगेको चर्चा भइरहेका बेला दुई अध्यक्ष छलफलमा जुटेका हुन् ।




प्रतिक्रिया