फोर्ब्सले सार्वजनिक गर्यो विश्वकै शक्तिशाली महिलाको सूची, पहिलो स्थानमा को ?

फोर्ब्सले सार्वजनिक गर्यो विश्वकै शक्तिशाली महिलाको सूची, पहिलो स्थानमा को ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – चर्चित म्यागजिन फोर्ब्सले विश्वकै शक्तिशाली महिलाको सूची सार्वजनिक गरेको छ । फोर्ब्सले १७ औं पटक सार्वजनिक गरेको सबैभन्दा शक्तिशाली महिलाको सूचीमा १२ जना अर्बपति महिला समेत अटाएका छन् ।

यस वर्षको शक्तिशाली महिलाहरुको सूचीमा जर्मन चान्सलर एन्जेला मर्केल शीर्ष स्थानमा छिन् । युरोपेली केन्द्रीय बैंककी अध्यक्ष क्रिस्टिन लागार्ड दोस्रो स्थानमा छिन् भने तेस्रो स्थानमा अमेरिकाको उपराष्ट्रपतिका लागि निर्वाचित भएकी कमला ह्यारिस छिन् ।

फोर्ब्सको यस वर्षको शक्तिशाली १०० महिलाहरुको सूचीमा विश्वका ३० मुलुकका महिलाहरु अटाएका छन् । जसमा १० महिलाहरु राष्ट्र प्रमुख, ३८९ जना विभिन्न कम्पनीहरुको सीईओ छन् भने पाँचजना मनोरञ्जन क्षेत्रका महिला छन् । त्यस्तै यस वर्ष यो सूचीमा १७ नयाँ महिलाहरु समावेश भएका छन् ।

१२ जना अर्बपति महिलाहरुमध्ये ५९ अर्ब डलरदेखि कुल सम्पत्ति १ खर्ब ५० अर्ब ४० करोड अमेरिकी डलर सम्पत्ति भएकाहरु रहेको बताइएको छ ।