३५ दिनमा सकियो चलचित्र ‘युग’ -एक प्रेम कथाको छायांकन

३५ दिनमा सकियो चलचित्र ‘युग’ -एक प्रेम कथाको छायांकन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली चलचित्र ‘युग’को सम्पूर्ण छायांकन सम्पन्न भएको छ। करिब ३५ दिन लगाएर चलचित्रको छायांकन पूरा गरिएको हो।

चलचित्रको अन्तिम गीतको छायांकन सम्पन्न गरेसँगै निर्माण टोलीले ‘युग’को छायांकन ‘इन्क्ल्याप’ गरेको हो।

हिमालयन मुभिज प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको चलचित्रको छायांकन पोखरा र मुस्ताङका विभिन्न स्थानमा गरिएको थियो।

चलचित्रमा सरोज खनाल, दिक्पाल कार्की, गीता अधिकारी, तारा केसी, सुरवीर पण्डित, टिना आले मगर, सानु थापा मगर, ज्योतिका राना, सुमन थापा, गणेश सुजी लगायतका कलाकारको अभिनय रहेको छ। यस्तै, हिमानी सुब्बा र अभिषेक खड्काले यही चलचित्रमार्फत नेपाली रजतपटमा डेब्यु गर्दैछन्।

कोमलनाथ खतिवडाको निर्देशन रहेको ‘युग’को कथा, पटकथा तथा संवाद पनि निर्देशक खतिवडाकै रहेको छ। चलचित्रका निर्माता सुरेश तुमाहाम्फे र टेमनबहादुर आले हुन्।

निर्माण पक्षले अहिलेसम्म चलचित्रका कलाकारहरूको क्यारेक्टर लुक्स सार्वजनिक गरेको छैन। चलचित्रको पोस्ट प्रोडक्सनको कामसँगै निर्माण पक्षले चाँडै नै पोस्टर र प्रदर्शन मिति सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।