काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंसिर २९ गते सडकमा आउन कार्यकर्ताहरुलाई आह्वान गरेको छ ।
बिहीबार पूर्वपदाधिकारीसहितको बैठकले वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँमा भएको दुव्र्यवहारको विरोधमा ७७ वटै जिल्लाबाट प्रर्दशनमा उत्रिन नेता तथा कार्यकर्तालाई निर्देशन दिएको हो ।
सरकारले पक्षपाती व्यवहार गरेको, भ्रष्टाचार बढेको, सर्वसत्तावाद लादिएको विरोधमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मोरङमा नेत्रविक्रम चन्द विप्लवका कार्यकर्ताबाट एक जना शिक्षकको हत्याको विरोधमा प्रर्दशनमा उत्रिन कार्यकर्तालाई निर्देशन दिएको जानकारी दिए । कांग्रेसले विप्लवलाई ब्यक्ति हत्याको बाटो छोडेर शान्तिपूर्ण मार्गमा आउन आग्रह गर्ने निर्णय भएको जानकारी दिए ।
‘मंसिर २९ मा ७७ जिल्लाको प्रदर्शनमा सहभागिताका लागि अपील गरिएको छ । त्यस्तै मोरङमा बर्बर ढंगले शिक्षक हत्याको विरोध, हत्यामा संलग्नलाई कडा कार्वाही गर्न सरकारसँग माग गरिएको छ’, उनले भने ।
त्यस्तै आजको बैठकमा क्रियाशील सदस्य एवं जनसम्पर्क समितिबारे जरुरी छलफल भएको छ ।




प्रतिक्रिया