नारायणकाजी प्रकरणबारे विष्णु रिजाल भन्छन्ः नेताहरूमाथि छानबिन गर्न आयोग गठन गरौं

नारायणकाजी प्रकरणबारे विष्णु रिजाल भन्छन्ः नेताहरूमाथि छानबिन गर्न आयोग गठन गरौं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं विदेश विभाग उप प्रमुख विष्णु रिजालले कमानसिंह लामा प्रकरणबारे प्रवक्ता नारायणकाजी श्रेष्ठको नाम जाेडिएपछि आपत्ति जनाएका छन् ।

प्रवक्ता श्रेष्ठ लामाको मृत्यु प्रकरणमा विवादमा तानिएका छन् । सोही विषयमा नेता रिजालले सार्वजनिक भएको अडिओ/भिडिओमा अनुसार प्रवक्ता श्रेष्ठले आफू निकट दुई कार्यकर्ता (कमानसिंह र सुशन) बीचको शेयर विवाद सुल्झाउन खोजेको बताएको छन् । उनले यसलाई अभिभावकीय जिम्मेवारी भनेका छन् ।

‘नारायणकाजी श्रेष्ठसँग जे कुरामा रिस उठेको छ, त्यसैमा आलोचना गरे भइहाल्छ, कसैले रोकेको छैन । नेकपामा माथिल्लै तहबाट नेताहरूको नामै तोकेर गाली/गलौज गर्ने चलन चलेकै छ’, उनले भनेका छन् ।

पुर्व राजदूत समेत रहेका लामाको कोराना भाइरसको संक्रमणको कारण निधन भएपछि उनले मृत्यु पुर्व लेखेको फेसबुक स्टाटसमा श्रेष्ठको नाम जोडिएको छ ।

यस्तो छ नेता रिजालको फेसबुक स्टाटसः

नारायणकाजी श्रेष्ठसँग जे कुरामा रिस उठेको छ, त्यसैमा आलोचना गरे भइहाल्छ, कसैले रोकेको छैन । नेकपामा माथिल्लै तहबाट नेताहरूको नामै तोकेर गाली(गलौज गर्ने चलन चलेकै छ । तर, सार्वजनिक अडिओ–भिडिओ अनुसार उहॉले आफू निकट दुई कार्यकर्ता (कमानसिंह र सुशन) बीचको शेयर विवाद सुल्झाउन खोजेको देखिन्छ, जुन कुनै अपराध नभएर अभिभावकीय जिम्मेवारी हो । यसमा आपत्ति गर्नुपर्ने केही कारण छैन ।

शाही शासनकालमा मण्डलेहरूले ‘पानी ट्यांकीमा पैसा राखेको’ कथा रचना गरेर नेतालाई बदनाम गरे जस्तो यतिवेला नेकपाकै कतिपय नेता–कार्यकर्ता यस्ता घृणित कार्यमा संलग्न भएको देख्दा हामीले कस्तो संस्कृति विकास गर्न लागेका छौं भन्ने देखिन्छ । यसबाट ‘हामी त बदनाम थियौं नै, नारायणकाजीलाई पनि ठीक भयो’ भन्ने सन्देश जॉदैन र ?

तुलनात्मक रूपमा इमानदार, सादगी र सरल नेता नारायणकाजी श्रेष्ठले यस विषयमा हुने छानविन स्वीकार्य छ भनेर चुनौती दिनुभएको छ । पार्टीभित्र आवाज उठेकै छ–को नेता र तिनका छोराहरू के–केमा संलग्न छन्, हिम्मत भए आयोग गठन गरेर छानविन गरे भइहाल्छ ।

लामाले मृत्यु अघि के भनेका थिए ?

प्रिय, तिमी त उस्को परिवार रे आफ्नो श्रीमतीलाई आफैले हात लिनु पर्छ रे । वा रे वा नेताज्यू हातमा हैन मैले सिरमा राखेको थिए । ढोंगीहरुले त हातमा भनेर घुंडामा झुण्ड्याउने हो क्यार । जे होस तिम्रा जाल झेल खेती सप्रेको नैछ साधा जीबन उच्च विचारका होर्डिंग बोर्ड बगैंचा घरका भित्तामा टांसेका छौ त्यो कत्तिको सहज लाग्छ कुन्नी मलाई त हांडि घोप्टे जस्तो लाग्छ ।

श्रेष्ठको घरभरी नै सादा जिवन उच्च विचारका होर्डिंगहरु भएकाले पनि लामाले उनलाई नै यो भनेको बुझ्न सकिन्छ । नेकपाका सचिवालय सदस्य समेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले ट्विट गर्दै कम्युनिष्ट आदर्श’ को कुरा गरेर नथाक्नेहरूका लागि चुनौतीपूर्ण प्रश्न गरेर जानुभएको भन्दै नारायणकाजीमाथी सांकेतिक टिप्पणी गरेका छन् ।