मंसिर २९ गते सरकारविरुद्ध आन्दोलन गर्न देउवा मकवानपुर जाने, कुन नेतालाई कहाँ खटाइयो ?

मंसिर २९ गते सरकारविरुद्ध आन्दोलन गर्न देउवा मकवानपुर जाने, कुन नेतालाई कहाँ खटाइयो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंसिर २९ गतेको आन्दोलनका लागि विभिन्न जिल्लामा केन्द्रीयस्तरका नेताहरुलाई खटाएको छ ।

बिहीबार पूर्वपदाधिकारीसहितको बैठकले वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँमा भएको दुव्र्यवहारको विरोधमा ७७ वटै जिल्लाबाट प्रर्दशनमा उत्रिन नेता तथा कार्यकर्तालाई निर्देशन दिएको थियाे ।

सरकारविरुद्ध आन्दोलन चर्काउन सभापति शेरबहादुर देउवा, गगन थापा लगायतका नेताहरु विभिन्न जिल्लामा जाने भएका हुन् । सभापति देउवालाई मकवानपुर र नेता थापालाई कैलाली खटाइएको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले केन्द्रबाट गएर नेताहरुले जिल्ला–जिल्लामा सम्बोधन गर्ने जानकारी दिए । उनका अनुसार वरिष्ठ नेता रामचन्द्र पौडेल काठमाण्डु, उपसभापति विमलेन्द्र निधि भक्तपुर, महामन्त्री शशांक कोइराला विराटनगर, कोषाध्यक्ष सीतादेवी यादव ललितपुर, सहमहामन्त्री प्रकाशशरण महत झापा, पूर्वउपसभापति गोपालमान श्रेष्ठ काभ्रे, पूर्वमहामन्त्री प्रकाशमान सिंह धनुषा, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला महोत्तरी, नेताहरू चित्रलेखा यादव सप्तरी, रामशरण महत चितवन र अर्जुननरसिंह केसी पोखरा, प्रदीप पौडेल कञ्चनपुर र एनपी साउदले अछामबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

‘चारैतिर भ्रष्टाचार, जनताले चिन्यो ओली सरकार, जनता कोरोनाको मारमा नेकपा सत्ताको जितहारमा, औषधि छैन मल छैन सत्ताको लडाइँ, लाज छैन, बढ्यो महिला हिंसा र बलात्कार, अकर्मण्य भो ओली सरकार’ लगायत नारा केन्द्रबाटै तय गरिएका छन् । प्रर्दशनका क्रममा केन्द्रका बाहेक अन्य नारा प्रयोग गर्न नपाइने बताइएको छ ।

गत मंसिर १७ गते दमौलीमा पूर्वनिर्धारित कार्यक्रमअनुसार पुल उद्घाटनमा नेता पौडेललाई अवरोध गरेपछि कांग्रेसले सरकारका प्रवृत्तिविरूद्ध आन्दोलन गरेको हो ।