कांग्रेस नेता सिटौलालाई कोरोना संक्रमण

कांग्रेस नेता सिटौलालाई कोरोना संक्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलालाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । आफुलाई कोरोना संक्रमण पुष्टि भएको बारे शनिवार नेता सिटौलाले सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् ।

उनले आफुलाई कोरोना संक्रमण भएको जानकारी दिँदै नजिकको सम्पर्कमा रहेका सवैले आवस्यकता अनुसार परिक्षण गर्न र साबधानी अपनाउन आग्रह गरेका छन् । उनले अहिले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको पनि जानकारी दिएका छन् ।

उनले भनेका छन्, ‘हिजो २०७७ साल मंसिर २६ गते गरिएको कोभिड–१८ को पीसीआर परिक्षणबाट मलाई कोभिड पोजेटिभ देखिएकोले केही दिन यता मेरो नजिकको सम्पर्कमा रहनु भएका सवैले आवस्यकता अनुसार परिक्षण गर्नुहुन र साबधानी अपनाउनु हुन अनुरोध गर्दछु । मेरो स्वास्थ्य अवस्था भने सामान्य रहेको छ । जयनेपाल!!!’