काठमाण्डु – विश्वभर कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलिएको एक वर्ष भएको छ । एक वर्षमा कोभिड–१९ बाट संक्रमित हुनेको संख्या सात करोड नाघेको छ ।
वर्ल्डो मिटरका अनुसार विश्वभभर कोरोना संक्रमितको संख्या ७ करोड १४ लाख १४ हजार २ सय ६ रहेको छ भने हालसम्म विश्वभर १६ लाख १ हजार १ सय ९० जनाको मृत्यु भइसकेको छ ।
संसारमै सबैभन्दा बढी कोरोना संक्रमित रहेको अमेरिकामा एक करोड ६३ लाख व्यक्ति संक्रिमत भएका छन् । अमेरिकामा मृत्यु हुनेको संख्या तीन लाख नाघेको छ ।
त्यस्तै अमेरिकापछि बढी संक्रमित रहेको भारतमा ९८ लाख व्यक्ति संक्रमित हुँदा एक लाख ४२ हजारको मृत्यु भएको छ ।
ब्राजिलमा ६८ लाख व्यक्ति संक्रमित हुँदा एक लाख ८० हजार व्यक्तिको मृत्यु भइसकेको छ । रुसमा २५ लाख ९७ हजार संक्रिमत हुँदा ४५ हजार व्यक्तिको मृत्यु भएको छ ।
फ्रान्समा २३ लाख ५१ हजार संक्रमित हुँदा ५७ हजार व्यक्तिको मृत्यु भएको छ । बेलायतमा १८ लाख व्यक्ति संक्रमित हुँदा ६३ हजारको मृत्यु भएको छ ।
मेक्सिकोमा १ लाख १२ हजार, इटालीमा ६३ हजारको मृत्यु भएको छ ।
वर्ल्डो मिटरको ४० औं नम्बरमा रहेको नेपालमा भने हालसम्म कोरोनाबाट दुई लाख ४६ हजार ६ सय ९४ जना संक्रमित भएका छन् भने निको दुई लाख ३२ हजार ८ सय ७२ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
हालसम्म नेपालमा १८ लाख २० हजार ६ सय १८ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ सय ७४ जना पुगेको छ ।
कोरोना पत्ता लगाएको एक वर्षमा वैज्ञानिकहरुले खोप पनि ल्याउन सफल भएका छन् । तर एक वर्षको अवधिमा मानवीय क्षतिका अलावा विश्वले आर्थिक क्षति नराम्ररी ब्यहोरेको छ ।




प्रतिक्रिया