काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आइतबार हुने संवैधानिक परिषद्को बैठकमा सहभागी नहुने भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान ९ बजेका लागि बोलाएको संवैधानिक परिषद्को बैठकमा देउवा सहभागी नहुने भएका हुन् ।
देउवाले शनिबार प्रधानमन्त्रीलाई आफु उक्त बैठकमा सहभागी हुन नसक्ने जानकारी गराएको श्रोतले जानकारी दियो ।
संवैधानिक बैठकमा मुख्य विपक्षी दलका नेता उपस्थित हुनुपर्ने प्रावधान छ ।
अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्त, निर्वाचन आयोग र महिला आयोग सहित ११ संवैधानिक निकायहरूमा ४६ वटा रिक्त स्थानहरू छन् । कांग्रेसले २९ गते सरकारविरूद्ध देशव्यापी प्रदर्शन गर्दैछ ।
कांग्रेसले २९ गते सरकारविरूद्ध देशव्यापी प्रदर्शन गर्दैछ । त्यसको मुखमा ओलीले परिषद बैठक बोलाएर प्रदर्शनलाई प्रभावित पार्न खोजेको भन्दै देउवाले बैठकमा उपस्थित हुन नसक्ने जानकारी दिएको बुझिाएको छ ।




प्रतिक्रिया