काठमाण्डु – काठमाण्डुको शान्तिनगरस्थित सुकुम्बासी बस्तीमा भीषण आगलागी भएको छ ।
महानगरीय प्रहरी वृत्त तीनकुनेका प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतले एउटा घरमा ग्यास लिक भएर आगलागी सुरु भएको बताए । उनले सुरक्षाकर्मी, दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रण प्रयास भइरहेको जानकारी दिए ।
घटनाको थप विवरण आउन बाँकी छ ।




प्रतिक्रिया