नेपाली ‘यू–१९’ क्रिकेट टोलीले २ अन्तरराष्ट्रिय प्रतियोगिता खेल्ने

नेपाली ‘यू–१९’ क्रिकेट टोलीले २ अन्तरराष्ट्रिय प्रतियोगिता खेल्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली ‘यू–१९’ महिला क्रिकेट टोलीले ‘आईसीसी’ महिला ‘टी–२०’ विश्वकपको तयारीका क्रममा २ अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी विश्वकपको तयारीका क्रममा थाइल्याण्ड र भारतमा आयोजना हुने प्रतियोगितामा नेपाली टोली सहभागी हुने जानकारी दिएको हो ।

क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिअनुसार नेपालले आगामी ३ देखि ८ नोभेम्बरसम्म चीनमा आयोजना हुने ‘बेल्ट एन्ड रोड यू–१९ गर्ल्स टी–२०आई’ प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा आयोजक चीनसहित नेपाल, थाइल्याण्ड र हङकङले प्रतिस्पर्धा गर्नेछन् ।

१० देखि २२ नोभेम्बरसम्म भारतको बेङ्गलुरुमा आयोजना हुने त्रिदेशीय शृंखलामा पनि नेपाली टोलीले सहभागिता जनाउने छ ।

शृंखलामा नेपाल यू–१९ महिला टोलीका साथै भारत यू–१९ महिला ‘ए’ र भारत यू–१९ महिला ‘बी’ टोलीले प्रतिस्पर्धा गर्ने क्यानले जनाएको छ ।