२१४ जना नेपाली सेना लेबनान प्रस्थान, २१४ जना स्वदेश फिर्ता

२१४ जना नेपाली सेना लेबनान प्रस्थान, २१४ जना स्वदेश फिर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली सेनाको टोली शान्ति स्थापनार्थ लेबनानमा तैनाथ संयुक्त राष्ट्र संघ मिशन लेबनान प्रस्थान गरेको छ ।

शिवदल गण ६१औं डफ्फालाई बदली गर्नको लागि मंसिर २८ गते प्रमुख सेनानी राजिव थापाको कमाण्डमा श्री बर्द बहादुर गण ६२ औं डफ्फाको २१४ जना नेपाली शान्ति सैनिक, मिशन ईलाका तर्फ प्रस्थान गरेका छन् ।

त्यस्तै सोही मिशनबाट आफ्नो कार्यकाल सकिएपछि सेनानी विशाल बहादुर शाहको कमाण्डमा २१४ जना शान्ति सैनिकहरुको टोली आज बजे नेपाल आईपुगेको छ ।

अदली बदली जम्मा ४ चरणमा सम्पन्न हुने र अन्तिम टोली माघ १६ गते नेपाल फिर्ता हुने योजना रहेको सेनाले जनाएको छ । कोभिड–१९ महामारीका बाबजुद शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप गरिएको अदली बदलीको दौरानमा सम्पुर्ण सुरक्षा सतर्कता तथा प्रोटोकलहरूको पालना गरिएको सेनाको दाबी छ ।